यस सौभाग्योदय माध्यामिक विधालय ४ नं. प्रदेश,लमजुङ जिल्ला साविक चक्रतीर्थ गा.वि.स हाल राइनास नगरपालिका वडा नं. ४ राइनासको काख अल्काटारको बेसी सातबिसे फाँटमा अवस्थित पूर्वी लमजुङको पुरानो विद्यालयमध्ये एक विद्यालय हो । यो विद्यालय २०१२ सालमा यसै चक्रतीर्थ गा.वि.स रेग्मीडाँडाको गैरबारी (बचतडाँडा) भन्ने ठाँउ त्यति बेला यस ठाँउमा समाजसेवी अग्रज श्रमजीवी व्यक्तित्व भवदत्त अधिकारी ज्यूको सक्रीय पहलमा अल्काटार तीनपिप्ले टिमुरे साहिलीटार र गोर्खाका सबै शिक्षाप्रेमी समाजसेवीहरुको सकारात्मक सदिक्षा र प्रयत्नबाट स्थापना भएको हो । यस कार्यमा विशेष गरी भवदत्त अधिकारीको विशेष संरक्षकत्वमा मोती बहादुर हमाल, विष्णु बहादुर हमाल,देवी प्रसाद पन्थी, पद्मराज कंडेल, मनिराम ढकाल, लोकनाथ पराजुली त्रिलोचन पौडेल, ऋषिराम अधिकारी, खिलाशर्मा अधिकारी, देवनिधि कंडेलको अग्रणी योगदान रहेको छ । त्यस्तै गरेर अतिथि सत्कारमा रणकुमारी, शारदा हमाल, कृष्ण कुमारी हमाल, विष्णु कुमारी हमाल र सन्त कुमारी पन्थी ज्यूबाट सुरुवातको समयमा ठुलो सहयोग प्राप्त भएको थियो ।

प्रारम्भमा यस विधालयका सेवा क्षेत्रका सवै घरहरुबाट मुठ्ठी दान चामल दान लिई स्कुल संचालन भएको इतिहास रहेको छ । उक्त संकलित चामललाई त्यही स्कुलमा अध्ययन गर्न आउने वटुकहरुश्री राम बहादुर हमाल, नरहरि कंडेल, रुद्रराज कंडेल, सोमराज पन्थी, गोविन्द प्रसाद पन्त, रामदत्त पन्त, श्याम बहादुर कुमाल, पद्मराज पन्थी, मन बहादुर कुमाल, दुर्गा प्रसाद पन्थी, इम प्रसाद अधिकारी, डम्बरदेव पाण्डे, विष्णु प्रसाद कोइराला, ओजराज कंडेल, निर बहादुर कुँवर, इमनाथ अधिकारी, अमृत बहादुर कंडेल,बुद्धिमान परियार, कृष्ण प्रसाद पौडेलबाट प्रत्येक हप्ताको शनिबार घर घर पठाई मुठीदान चामललाई संकलन गरी कोषको व्यवस्थापन गरिएको थियो ।
प्रारम्भका ५ बर्ष वि.सं.२०१६ सालसम्म सोही ठाउँमा विधालय संचालन भयो भने त्यस समयमा शिक्षाप्रेमी समाजसेवी त्यस समयका शिक्षाका अग्रज मोती बहादुर हमालले अध्यापन गराउनु भएको थियो । २००७ साल पछिको जनतामा आएको चेतना र शिक्षाप्रतिको आकर्षणले सो विद्यालयमा विद्यार्थीहरुको चाप बढ्रदै जाँदा त्यस बिद्यालय परिसर सागुरो हुनुको साथै भौगोलिक कठिनाइ र सांगुरो क्षेत्र हुन पुग्यो । तसर्थ विद्यालय फराकिलो र सेन्टर पर्ने ठाँउको खोजीमा त्यसताकाका सवै सर्जकहरु लाग्नु भयो । परिणाम स्वरुप त्यस विद्यालयलाई स्थानान्तरण गरी वर्तमान अबस्थामा विद्यालय रहेका ठाउँमा स्थानानतरण गर्ने काम सम्पन्न भयो । २०१६ सालमा र त्यही कक्षाहरु संन्चालन हुन थाल्यो । २०१६ सालमा रेग्मिडाँडा सातविसेमा स्कुल स्थान्तरण गरियो भने २०२२ सालमा स्कुललाइ मिडिल स्कुलमा पदोन्नति गरियो । जनतालाइ आर्थिक व्ययभार बढ्न गइ जनताहरुको सकरात्मक छलफल र समन्वय बाट प्रति रोपनि रु ५को दरले आर्थिक भार व्यर्होने व्यवस्था मिलाइएको थियो ।शिक्षकहरुको आवास र खानपानको व्यबस्था मिलाउन पनि अग्रज भवदत्त अधिकारी कै जिम्मा थियो भन्ने सुनाइ पुस्तान्तरण भई आएको पाइन्छ । प्रा. वि उत्तीर्ण विद्यार्थीहरु दुराडाँडा, कुन्छा पढ्न जानु पथ्र्यो भने विभिन्न कठिनाइ पढाइप्रतिको अनिच्छा साथै र्आिर्थक अभावका कारण गोठाला, खेतला अन्य कृषि कार्यमा आफ्ना बाबुआमालाई सधाउनु भन्दा अरु अध्यनको विकल्प नभएको हुनाले विचैमा पढाइलाई चाहना हुर्दाहुदै त्याग्न बाध्य यस भेगका केटा केटीको अबस्था हेरी त्यति बेला पुन अर्को भावना सल्बलाएको र सबै जनामा एक प्रकारको प्रेरणाले सबैलाई पहिले अबस्थाबाट माथि उठ्न बाध्य गरायो । त्यही समयमा तत्कालिन पंचायती व्यबस्थाका प्रधानपंच विष्णु बहादुर हमालको नेतृत्वमा सहभागी भई वृहत छलफल पश्चात् दण्डविलास पाण्डे, गोपाल प्रसाद पाण्डे, भोजराज पोख्रेल, केशव दत्त भट्ट, दशरथ भट्ट, देवी प्रसाद पन्थी, पद्मराज कंडेल,खिलाशर्मा कुमाल, यमनाथ पन्थी, नन्द प्रसाद पराजुली, नन्द प्रसाद कंडेल, रुद«राज कंडेल, प्रेम बहादुर पराजुली, हिरा बहादुर पराजुली, खड्क बहादुर सिन्हा, सन्तमान श्रेष्ठ, श्रीमाने सार्की, राम बहादुर अधिकारी, टेकनाथ पन्त, खिलाशर्मा अधिकारी, सोमराज पन्थी, टेक बहादुर गुरुङ, इमाप्रसाद पाण्डे, तोयनाथ भट्ट लगायतका सबै त्यसताकाका शिक्षा प्रेमीहरु मिली माध्यमिक विद्यालय खोल्नका लागि प्रण गर्ने आदरणीय व्यत्तित्वहरु हुनुहुन्छ भने जनश्रम परिचालनमा गोपाल प्रसाद पाण्डे र श्रीमाने सार्कीको अतुलनीय योगदान रहेको पाइन्छ । त्यस्तै गरेर पाहुना सत्कार शारदा हमाल, विष्णु कुमारी हमाल, सन्त कुमारी पन्थी, र उल्लेखित व्यक्तित्वहरु घर परिवारबाट त्यो काम सम्पन्न भएको थियो । जग्गादाताहरुमा गजाघर खड्का, मान बहादुर खड्का, बल बहादुर खड्का, कमलापति अधिकारी, खगे कुमाल,खगेश्वर पराजुली, झमक बहादुर खड्रका आदि शिक्षा प्रेमी समाजसेवीहरु हुनुहुन्थ्यो । सबैको सक्रिय योगदानबाट र सहयोगबाट जुटाई २०२५ साल पौष २ गते श्री सौभाग्योदय हाइस्कुलको शिलान्यास तत्कालिन राष्ट्रिय पंचायत अध्यक्ष गोर्खा निवासी श्री राजेश्वर देवकोटा ज्यूको वाहुलीबाट भवन शिलान्यास भई यस विद्यालयको स्थापना भएको थियो । त्यसपछि यसभेगका समुदायमको काँधमा झन् थप व्यवहार थपियो । विद्यालय संचालनका लागि ठुलै धन राशिको आवश्यकता पर्ने हुँदा शिक्षाप्रेमी समाजसेविहरुवबाट स्वत–स्र्फुत चन्दा अभियान सुरु भयो । त्यसबखत पनि रु.५०० बराबर एकल आजीवन सदस्य १००० र सो भन्दा माथिका चन्दादातालाइ परिवारको २ जना आजीवन सदस्य रु.१५०० र सो भन्दा माथि चन्दा दान गर्नेलाइ परिवारको ३ जनालाई आजीवन सदस्य सो भन्दा माथि चन्दा दिनेलाइ स–परिवार आजीवन सदस्य तोक्ने कुरा तय भइ त्यही अनुसार चन्दा संकलन भइ विद्यालयको नाममा ठुलै धनराशी संकलन भयो । यसरी चन्दाहरु आपसे आप संकलन हुँदै गयो र विद्यालय विद्यार्थिहरुको सङ्ख्या पनि बढ्न थाल्यो । पढ्ने चेतनाले पनि प्रश्रय पायो ।विद्यार्थी संख्या बढ्दा भवनको अभावमा कक्षाहरु सन्चालन गर्न कठिन हुन थाल्यो तसर्थ २०२८ सालमा १५ हात चौडा र ८१ हात लामो १२ कोठे भवन श्रम दान बाट निर्माण भयो । सो भवन निर्माणका लागि अग्रजहरुको भुमिका अग्रहरणिय रह्यो भने गोपाल प्रसाद पाण्डे र श्रीमाने सार्कीको जनश्रम परिचालन मा ठुलो योगदानमा रहेको थियो ।२०५८ सालमा नयाँ शिक्षा लागु भएपछि व्यवसायिक शिक्षामा कृषि विषय रहन गयो । यसबाट त्यसबेला एस.एल.सी उत्तीर्ण भई जानेहरुलाई ४०० पूर्णाङ्ख को कृषिले जागिर पाउन पनि ठुलो योगदान पुर्याएको थियो ।

विद्यालय सन्चालन अबस्थामा राष्ट्रिय शिक्षा योजना (नयाँ शिक्षा) लागु भै जाँदा गरेको अबस्थामा २०३० सालमा सरकारले स्वीकृति दिएकोले विधालयमा सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण टोली आएको थियो । सो टोलीले सर्वेक्षण गरी सरकारलाई स्कुल नराख्दा पनि हुने भनी प्रतिवेदन पठाएको थियो । सोही कुरा थाहा पाई त्यतिबेलाका राष्ट्रिय पंचायत सदस्य श्रीकान्त अधिकारी र जिल्ला पंचायत लमजुङ्गका सभापति लेखनाथ अधिकारी ज्यूको सक्रिय सहभागितामा तत्कालिन अध्यक्ष विष्णु बहादुर हमाल र सचिव श्री सोमराज पन्थी ज्यूको प्रतिनिधि मण्डलले सिंहदरबारमा काठमाण्डौ डेलिगेसन गई तत्कालिन अधिकारीलाई आफ्नो स्कुलको अवस्था अवगत गराई विद्यालयलाई रहने र सम्पूर्ण खर्च सरकारबाट नै चल्ने गरी नयाँ शिक्षा लागु भए पश्चात २०३० साल पौष १ गते बाट विद्यालय सुचारु हुने गरी व्यवस्था मिलाइएको थियो ।२०४४ सालमा आएर सबै स्कुलका भू.पू शिक्षक राजेन्द्र कंडेल ज्यूकोे सक्रियतामा नेदरल्याण्ड्स ख्ल्ल् का भोलेन्टियर्सले स्कुललाई एक होस्टेल बनाउने र स्कुललाई पूर्ण नयाँ जस्तो बनाउने गरी व्यवस्था भयो जसले मर्मत र सम्भार पछि स्कुल नै नयाँ जस्तो हुन पुग्यो । त्यसताकाको स्कुल मध्ये यो सौभाग्योदय मा. वि. अति आकर्षण देखिन्थ्यो भने देशमा आएको २०४६ सालको परिवर्तनले तल्लो होस्टेलको दोश्रो तल्ला बन्न पाएन । यसरी यस विद्यालयले अनेक आरोह–अवरोह र उल्झनहरुलाई पार लगाउदै आउने क्रममा २०६१÷०६२सालमा साबिक चक्रतीर्थका जनताद्धारा २ दिने श्रम गरी वि.ब्य.स अध्यक्ष श्री इमप्रसाद त्रिपाठीको अध्यक्ष कालमा विद्यालयको खेल मैदान निर्माण भएको थियो। मिति २०६३÷०९÷०३ मा वि.ब्य. स अध्यक्ष श्री इम प्रसाद त्रिपाठीको अध्यक्षमा भएको ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा १०२ संचालनका लागि बोल चन्दा संकलन गर्न शुरु गरिएको थियो जसमा श्री देउ बहादुर पौडेलको संयोजकत्वमा श्री स्वतन्त्र हमाल, श्री रामचन्द्र भट्ट, श्री महाप्रसाद भट्ट, श्री दीननाथ त्रिपाठी भएको एक भेला आयोजक समिति गठन गरेको थियो । उक्त समितिले २०६३÷०९÷१३ गते वि.ब्य.स अध्यक्ष श्री इम प्रसाद त्रिपाठीको अध्यक्षतामा भेला गरी श्री देउ बहादुर पौडेलको अध्यक्षतामा २१ सदस्य भएको आर्थिक समिति र श्री डिकेन्द्रराज कंडेलको अध्यक्षतामा ५ सदस्यीय सल्लाहकार समिति गठन भएको थियो । २०७४÷०९÷२० को बैठकबाट चन्दा संकलन गर्ने विभिन्न समिति बनाएको थियो ।चन्दा संकलनमा एकल आजीबन सदस्य रु. ५००० , यूगल आजीबन सदस्य रु.८०००,तीन जना आजीबन सदस्य रु. १२०००,सपरीबार आजीबन सदस्य रु.२०००० र बिशिष्ट सपरिबार आजीवन सदस्य रु५०००० राखिएको थियो ।२०६४÷०४÷२२ गते श्री गोपाल प्रसाद पाण्डेको अध्यक्षतामा बसेको भेला द्धारा वि.ब्य.स अध्यक्ष श्री देउ बहादुर पौडेलको कार्यकालमा २०६४÷०४÷२३ गते बाट १०२ अन्तर्गत शिक्षा संकायका कक्षाहरु संचालन भएका थिए भने २०६५÷०६६ बाट ब्यवस्थापन संकाय र २०७३÷०७४ बाट मानविकी संकायका कक्षाहरु संचालन हुदै आएका छन् । २०६४÷०९÷०३ को वि.ब्य.स अध्यक्ष श्री देउ बहादुर पौडेलको अध्यक्षतामा भएको ४० औं वार्षिक उत्सव तथा अभिभावक दिवसबाट २ दिने जनश्रमदान सहित ३ कोठे भवन निर्माण कार्य शुरु गरिएको थियो ।यसरी विद्यालयको विकास हुने क्रममा विद्यालय ५० वर्ष पुरा भई २०७४ साल पौष १—२—३ गते यस विद्यालयले लमजुङ जिल्लाका शिक्षा अधिकारी गोपाल प्रसाद कंडेल ज्यूको प्रमुख आतिथ्यमा भव्य र सभ्य स्वर्ण जयन्ती तथा ५० औँ अभिभावक दिवस पनि मनाइसकेको छ ।

भौगोलिक अवस्था

नेपालको बाइसी चौबिसी राज्यकालमा लमजुङ राज्यको दक्षिण पूर्वी किल्लाको रुपमा रहेको प्रसिद्ध राइनासकोटको दक्षिण फेदीमा समुन्द्र सतहदेखि ५१४ मिटरको उचाई सातबिसे चौरमा यो श्री सौभाग्योदय माध्यमिक विद्यालय अवस्थित छ । पहाडी ढाल, चौडा टार तथा बेसीयुक्त समतल क्षेत्र यसको पृष्ठ प्रदेश हो । उत्तरको हरियो जङ्गल र पवित्र चम्पावती नदीबाट ल्याइएको नहरले सिञ्चित वरपरको उर्वरभूमिले यसको सौन्र्दय बढाएको छ । पूर्व, पश्चिम, उत्तर र दक्षिण तर्फको करिब १.५ कि.मी. दुरीसम्मबाट प्रा.वि. तहमा अध्ययनार्थ विद्यार्थीहरु आउने गर्दछन् । गृष्म सामान्य गर्मी र हिंउँद सामान्य जाडोको यहाँ अनुभव हुन्छ । साथै गृष्ममा यथेष्ट बर्षा हुने गर्दछ । यस विद्यालयको पूर्वमा रहेको रेग्मीखोला र पश्चिममा रहेको विचारेखोलाले विशेषत बाढी आई आवागमनमा बाधा पार्ने गर्दछ । दक्षिण तर्फ चम्पावती नदी पारी गोरखा जिल्लाबाट आधारभूत तह तथा मा.वि. तहमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई सो नदी पार गरी आउन भरपर्दो पुल बनेकाले आउन जान सजिलो भएको छ । पृथ्वी राजमार्गसंग जोडिएको डुम्रे बेसीशहर मार्गको नेपालडाँंडाबाट विद्यालय सिधा पूर्व करिब १२ कि.मी. दुरीमा रहेको र कच्ची सडकले जोडेकाले बाहिरी निकासका लागि सजिलो भएको छ ।