विद्यालयको परिचय

यस सौभाग्योदय माध्यामिक विधालय ४ नं. प्रदेश,लमजुङ जिल्ला साविक चक्रतीर्थ गा.वि.स हाल राइनास नगरपालिका वडा नं. ४ राइनासको काख अल्काटारको बेसी सातबिसे फाँटमा अवस्थित पूर्वी लमजुङको पुरानो विद्यालयमध्ये एक विद्यालय हो । यो विद्यालय २०१२ सालमा यसै चक्रतीर्थ गा.वि.स रेग्मीडाँडाको गैरबारी (बचतडाँडा) भन्ने ठाँउ त्यति बेला यस ठाँउमा समाजसेवी अग्रज श्रमजीवी व्यक्तित्व भवदत्त अधिकारी ज्यूको सक्रीय पहलमा अल्काटार तीनपिप्ले टिमुरे साहिलीटार र गोर्खाका सबै शिक्षाप्रेमी समाजसेवीहरुको सकारात्मक सदिक्षा र प्रयत्नबाट स्थापना भएको हो । यस कार्यमा विशेष गरी भवदत्त अधिकारीको विशेष संरक्षकत्वमा मोती बहादुर हमाल, विष्णु बहादुर हमाल,देवी प्रसाद पन्थी, …

Read More

सुचना / आगामी कार्यक्रम